बागमतीका १५८५ पत्रकारको सामूहिक दुर्घटना बीमा
काठमाडाैं | चैत १५, २०७९
हेटौंडा : बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको १३ जिल्लाका पत्रकारको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको हो ।
मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले दिएको जानकारी अनुसार ६३ करोड ४० लाख रुपैयाँ बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो ।
चैत्र ५ बाट लागू हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कूल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा १ लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीलाई उद्धृत गर्दै कार्कीले बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रदेश सरकारले यस्तो योजना ल्याएको बताए। उनले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थालाई समेत पत्रकारको क्षमता अभिवृद्धि गर्न सहयोग गरिएको जानकारी दिए ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

